
काठमाडौं ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६९ हजार ४ सय रुपैयाँमा कायम भएको छ।
यसअघि सोमबार सुन तोलामा १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहेको छ । यससँगै चाँदी १९ सय ७० रुपैयाँमा कायम भएको छ। हिजो पनि चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।