
रामेछाप ।
रामेछापमा तीनलाल स्मृति कप (अन्डर २० भलिबल प्रतियोगिता) को आयोजना हुने भएको छ ।
अनेरास्वियु रामेछापको आयोजनामा फागुन ९ गते देखि १२ गते सम्म तीनलाल स्मृति कप २०८१ प्रतियोगिता सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
अनेरास्वियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईको अध्यक्षतामा भएको थियो । पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पाटिका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, सहिद गङ्गालाल श्रेष्ठ र नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारीको योगदानलाई कदर गदै उहाँहरूको सम्झनामा तीनलाल स्मृति कप २०८१ को आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । श्रेष्ठद्धय हालको रामेछाप जिल्लाको रामेछाप नगरपालिका ८ भँगेरीमा जन्मनु भएको थियो भने अधिकारी हालको मन्थली नगरपालिका २ कठजोरमा जन्मनु भएको थियो ।
प्रतियोगितामा विजेता हुने समूहले रु ५० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र र द्धतिय हुने समूहले नगद ३० हजार सहिद शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले बताउनु भयो । त्यसै सेमिफाइनलमा प्रवेश गर्ने दुई समूहले नगद १०,००० । र१०,०००। प्रमाण प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । भने खेलमा उत्कृष्ट खेलाडीलाई नगद ३ हजार ट्रफि प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट कोचलाई समेत ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
हाल २० टिमले सहभागिताका लागि आवेदन दिएको आयोजकले जनाएको थियो । करिब ५ लाख रुपैयाँ खर्च हुने उत्त प्रतियोगिताको मुख्या प्रयोजक मन्थली नगरपालिका रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।