
दोलखा।
दोलखा सदरमुकाम चरिकोटमा मंगलवारबाट तेस्रो दोलखा महोत्सव– २०८१ सुरु भएको छ । फागुन १८ गतेसम्म चल्ने महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले गरे।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले बागमती प्रदेशले रोजगारी सिर्जना हुने गरी काम गरिरहेको बताए । मुख्यमन्त्री लामाले दोलखा पर्यटकीय जिल्ला भएको उल्लेख गर्दै जिल्लाको पर्यटन प्रवर्द्धनको लागि बागमती प्रदेश सरकारले प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्ले, राष्ट्रिय सभाका सदस्य घनश्याम रिजाल, बागमती प्रदेशका सदस्य भरतबहादुर केसी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, भीमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल, मेलुङ्ग गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटी, बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, गौरीशंकर गाँउपालिकाका अध्यक्ष विश्वास कार्की, शैलुङ्ग गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, माओबादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय हेमराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य रामेश्वर मानन्धर, संघका महासचिव सुरेश उप्रेती लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तेस्रो दोलखा महोत्सव– २०८१ उद्घाटन कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, एसएस फाउण्डेशनका संरक्षक एवम् समाजसेवी शोभित उप्रेती, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, प्रहरी निरीक्षक शत्रुघन महतो, पत्रकार दिलसागर केसी र ज्ञानेन्द्र कार्की लगायत १७ जनालाई सम्मानित गरिएको थियो।
चरिकोटको टुँडिखेलमा आयोजना भएको दोलखा महोत्सवमा एक सय ४० वटा स्टल रहने र ती स्टलहरुमा स्थानीय परिकार, हस्तकलाका सामानहरु, कृषि, फ्लोरीकल्चर, लोक्ताका कपडा लगायत रहने दोलखा उद्योग वाणिज्य संघका सचिव प्रविण श्रेष्ठले बताए । महोत्सव अवधिभर प्रत्येक दिन राष्ट्रिय एवम् स्थानीय कलाकाहरुको गीत , नृत्य तथा विभिन्न प्रस्तुति रहने सचिव श्रेष्ले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।