
काठमाडौँ।
लुम्बिनी प्रदेश सभाका सांसद निमा गिरीलाई उत्कृष्ट सांसदको रूपमा सम्मान गरिएको छ ।
निजामती कर्मचारी युनियन प्युठानको ९औँ जिल्ला अधिवेशनको अवसरमा उनलाई प्रदेश र स्थानीय तह निजामती ऐन निर्माणमा महत्ववपूर्ण भूमिका निर्वाह गरेको र नीति सुधारमा आवाज उठाएर कार्यान्वयनमा ल्याएको भन्दै सम्मान गरिएको हो ।
प्रदेश सभा सदस्य गिरीले ऐन कानून संशोधन र नीति सुधारमा पुर्याएको योगदानको कदर स्वरूप प्रदान गरिएको निजामती कर्मचारी युनियन प्युठानका अध्यक्ष खिमबहादुर अधिकारीले बताए । प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने उनी एक मात्र प्रदेश सभाकी सांसद हुन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।