
नवलपरासी।
पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिकाले कृषि प्रविधि र रैथाने खानाको महत्वलाई उजागर गर्न महोत्सवको आयाेजजा गर्ने भएको छ ।
यही फागुन २२ देखि २४ गते सम्म स्थानीय नवजागरण मा वि चाेरमाराकाे रंगशालामा महोत्सव संचालन हुने नगर प्रमुख भिमलाल अधिकारीले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।
महाेत्सवमा आधुनिक कृषि प्रविधि,जैविक कृषि, स्मार्ट कृषि उपकरण,रैथाने बीउबिजन तथा जैविक कृषिमल प्रदर्शनी र बिक्री कक्ष रहने छन् ।
त्यसै गरी कृषि बाली प्रवर्द्धनका लागि कृषि विज्ञ तथा सराेकारवाला अन्तर संबाद,बिद्यालय स्तरीय कृषिकर्म हाजिरी जवाफ प्रतियोगिता,विभिन्न भेगका रैथाने तथा परम्परागत परिकार प्रदर्शनी,स्वाद परीक्षण तथा बिक्री स्टलहरू रहने छन् ।
जिल्जाका अन्य नगर तथा गाउँ पालिकाहरूलाई समेत निम्तो दिएर आयोजना हुने महाेत्सवमा हरेक दिन विभिन्न जातजातिकाे माैलिक सास्कृतिक प्रदर्शनी समेत गरिने बताइएको छ ।
माैजुद जनसंख्याकाे ७२ प्रतिसत मानिस कृषिमा आश्रित मध्यविन्दु नगरपालिकामा महाेत्सवबाट रैथाने खानाको संरक्षण र प्रवर्द्धन,कृषि मेसिनरी तथा ओैजारकाे बिक्री वितरण एवं कृषि क्षेत्रका नविनतम ज्ञानबाट कृषकहरू लाभान्वित हुने आयाेजककाे अपेक्षा रहेको छ ।
नवलपुर क्षेत्रमै भौगोलिक हिसाबले ठूलाे र देशकै मध्यभागमा अवस्थित मध्यविन्दु नगरपालिका धान,गहुँ,केरा,बेसार,माछा मासुमा पूर्ण आत्म निर्भर रहेको र पालिकाकाे १४ नम्बर पहाडी क्षेत्र कृषिजन्य उत्पादनका लागि अर्गानिक जाेनका रूपमा बिकास गर्न लागिएको नगर प्रमुख अधिकारीले बताए ।
महोत्सव बारे जानकारी दिन नगरपालिकाकै सभाहलमा आयाेजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पाैडेल तथा नगर उपप्रमुख पूर्णकला चाैधरीले उपस्थित सबैमा धन्यवाद दिएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।