
काठमाडौँ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याव्सन) को आठौँ महाधिवेशन फागुन १६ र १७ गते काठमाण्डौमा हुने भएको छ।
नेसनल प्याव्सनले पत्रकार सम्मेलन गरी काठमाडौँको गौशालामास्थित बेस्ट वेस्टर्न होटलमा यही फागुन १६ र १७ गते आठौँ राष्ट्रिय महाधिवेशन हुने जानकारी दिएको हो।
नेसनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुबाश न्यौपानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा रास्ट्रीय महाधिवेसनको तयारीका बारेमा जानकारी प्रदान गरिनुका साथै आगामी शैक्षिक मुद्दाहरुका बारेमा पनि अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा नेसनल प्याव्सनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।