
काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहनु भएको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल रहेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।