
काठमाडौं।
वैदेशिकर रोजगारीको लागि ग्रीस र स्वीडेन पठाइदिने प्रलोभन पारेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्खेत सिम्ता गाउँपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-२९ बस्ने ३७ वर्षीय इन्द्रबहादुर केसी र बारा करैयामाई गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ ढुंगेधारा बस्ने ४६ वर्षीय विशुनदयार चौधरी रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
बेरोजगार युवायुवतीलाई ग्रीस पठाउने र आकर्षक तलबको लोभ देखाएर केसीले तीन जनाबाट २४ लाख रुपैयाँ रकम ठगी गरेको आचार्यले बताए।
यता, चौधरीले स्वीडेन पठाइदिने भन्दै एक जनाबाट ४ लाख ४० हजार रुपैयाँ ठगी गरेको आचार्यले बताए।
विदेश पठाइदिने भनेर रकम संकलनपछि उनीहरू सम्पर्कविहीन भएका थिए। रकम बुझ्नेहरू सम्पर्कमा नआएपछि पीडित प्रहरीमा पुगेका थिए।
केसी र चौधरीलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।