
बुटवल।
रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाईन रेसुङ्गा बैंक १७ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसर पारेर बैंकले आफ्ना उत्कृृष्ट शाखा तथा आर्थिक बिटमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गरेको छ । आइतबार मणिग्राममा एक कार्यक्रमको आयोजना गरी बैंकले बार्षिकोत्सवको मूल कार्यक्रम सम्पन्न गरेको छ । बैंकले उत्कृष्ट व्यवस्थित शाखा पुरस्कारबाट बर्दिया जिल्लाको कतरनिया शाखा, गुल्मी जिल्लाको खैलेनी शाखा, प्युठान जिल्लाको विजुवार शाखा, रुपन्देही जिल्लाको सूर्यपुरा र योगीकुटी शाखालाई “बेष्ट म्यानेज्ड ब्रान्च अवार्ड” बाट सम्मानित गरेको छ ।
यस्तै आर्थिक पत्रकारीताको क्षेत्रमा बिशेष योगदान गरेको भन्दै ५० हजार १ सय ११ रुपैयाँको पुरस्कार राशिबाट एभिन्युज टेलिभिजनका ब्यूरो प्रमुख दामोदार खनाललाई “शाईन आर्थिक पत्रकारीता पुरस्कार” बाट पुरस्कृत गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष थानेश्वर पौडेलले निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा बृद्धि गर्ने, कर्जाको गुणस्तरमा विशेष ध्यान दिई ग्रामिण क्षेत्रमा कृषि, साना तथा मझौला उद्यम लगायतका क्षेत्रहरूमा लगानी बिस्तार गर्ने निति अनुसार काम गरिरहेको बताए । उनले डिजिटल कारोवारलाई थप सुरक्षित र भरपर्दो बनाउँदै उत्कृष्ट विकास बैंक बन्ने लक्ष्यसहित अघि बढेको बताए । उनले नेपाल राष्ट्र बैंकको मार्गदर्शन अन्र्तगत रहेर बैंकलाई थप सबल र सुदृढ वित्तिय संस्था बनाउने, लुम्बिनी प्रदेशलाई मूख्य आधार बनाएर सम्भाव्यताको आधारमा शाखा विस्तार गरी अग्रणी विका बैंक बन्ने लक्ष्य राखेको स्पष्ट पारे ।
बैंकको २०८१ पौष मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार निक्षेप संकलन ६९ अर्ब ७२ करोड बचत निक्षेप ३६.९३ प्रतिशत, मुद्दती निक्षेप ५६.७४ प्रतिशत, कल चल्ती तथा अन्य ६.३३ प्रतिशत रहेको छ । कर्जा लगानीतर्फ ५७ अर्ब ४९ करोड रहेको छ । जसमा ब्यापार कर्जा १८.९१ प्रतिशत, कृषि कर्जा ५.९१ प्रतिशत, आवास निर्माण कर्जा ३.८२ प्रतिशत, विपन्न बर्ग कर्जा ५.८९ प्रतिशत, जग्गा खरिद कर्जा ४.९५ प्रतिशत, होटल तथा पर्यटन कर्जा १६.८५ प्रतिशत, उद्योग कर्जा १४.२१ प्रतिशत, उपभोग्य कर्जा २०.३५ प्रतिशत, हायरपर्चेज कर्जा १.४८ प्रतिशत रहेको छ । अस्पताल, शिक्षा आदीमा ६.५५ प्रतिशत र अन्य कर्जा १.०८ प्रतिशत रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
बैंकले आर्थिक वर्ष २०८०-०८१ मा ब्याजकर, पारिश्रमिक कर लगायत अन्य शिर्षकमा गरी श्रोतमा कर कट्टी तर्फ ३५ करोड ५७ लाख ८० हजार, आयकर तर्फ . ३७ करोड ०६ लाख ६६ हजार गरी कुल ७२ करोड ६४ लाख ४६ हजार सरकारी कोषमा जम्मा गरेको छ । चालु आ.व. २०८१÷८२ को पौष मसान्त सम्म अग्रिम आयकर तर्फ १७ करोड ९८ लाख ७३ हजार र ब्याजकर, पारिश्रमिक कर, लाभांश कर लगायत अन्य शिर्षकमा गरी श्रोतमा कर कट्टी तर्फ रु. १६ करोड ९३ लाख ६४ हजार गरी कूल ३४ करोड ९२ लाख ३७ हजार जम्मा गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।