उदयपुर ।
सर्वोच्च अदालतका प्रधाानन्यायाधीस प्रकाशमान सिंह राउतलाई शुक्रबार उदयपुरकाे कटारी नगरपालिकामा सम्मान गरिएकाे छ ।
कटारी नपा, कटारी विद्यार्थी समाज काठमाडौँ र उदयपुर उद्याेग वाणिज्य सङ्घ लगायतका संस्थाकाे आयाेजनामा साे सम्मान कार्यक्रम राखिएकाे हाे ।
कटारी नपाका प्रमुख राजेशचन्द्र श्रेष्ठकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा प्रधान न्यायाधीस राउतले न्याय सम्पादनमा निष्पक्षता स्वच्छता र तटस्थताकाे अभ्यास पनि गर्ने गरेकाे बताएका छन् । निष्पक्षता र स्वच्छता न्यायपालिकाकाे आधारस्तम्भ भएकाेले यसलाई जाेगाउन सक्नु पर्ने बताउँदै प्रधान न्यायाधीस राउतले निष्पक्षता र स्वच्छता न्यायपालिकाकाे आत्मा पनि भएकाेले यसलाई मर्न दिन नहुने बताए ।

प्रधान न्यायाधीस राउतले मेडिकल कलेजका बारेमा आफूले अध्ययन गरेर मात्र बाेल्ने र सडककाे अवस्थाका बारेमा भाैतिक मन्त्रालयका सचिवसँग कुरा हुँदा केही महिनापछि आउदाे साउन १ गते टेण्डर निकाल्ने याेजनामा रहेकाे बताए ।
कटारी विद्यार्थी समाजका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले कटारीमा कलेज संचालन भएकाे तर विषय र सङ्काय थप गर्न पैसा खुवाउनु पर्ने अवस्था रहेकाेले सम्माननीय प्रधान न्यायाधीसबाट आवश्यक पहल गरिदिन , सडक यातायात, शिक्षा, स्वास्थ्यका क्षेत्रमा, आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा र अहिले वातावरण प्रदुषणले समस्या उत्पन्न भएकाेले समाधानमा सहयाेग गर्न अनुराेध गरेका छन् ।

उच्च नैतिकता र साहस भएका प्रधान न्यायाधीस हामीले पाएका कारण न्याय क्षेत्रमा केही सुधारका काम र बाल अदालत गठन गर्ने तयारीमा रहेको वरिष्ठ अधिवक्ता थापाले बताए । थापाले सबै पक्षकाले न्यायमा पहुँच पाउने गरी काम गर्न र अन्यायमा परेकाहरुकाे लागि राेग निकाे पार्ने दवाई बनेर बस्नु पर्ने बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।