
काठमाडौं ।
सर्लाहीको हरिवनस्थित मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।
यही फागुन २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महायज्ञको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिले जानकारी गराएको छ ।
हरिवन–११ सुर्ती विकास खेलमैदानमा आयोजना हुने महायज्ञको प्रचारप्रसार तीव्र पारिएको छ । कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका पदाधिकारीहरूले महायज्ञबाट संकलित सहयोग रकम आश्रमको भवन निर्माणमा खर्च गरिने बताएका छन् ।
कार्यक्रममा विभिन्न धर्मगुरु, राजनीतिक तथा समाजसेवी व्यक्तित्वहरूको सहभागिता रहनेछ । महायज्ञ अन्तर्गत भागवत प्रवचन, धार्मिक अनुष्ठान, भजन कीर्तन तथा अन्य सामाजिक सेवा कार्यक्रमहरू सञ्चालन गरिने छन् ।
साथै, हरेक दिन बिहान योग शिविर तथा विद्यार्थीहरूका लागि उत्प्रेरणात्मक कार्यक्रमहरू समेत आयोजना गरिने जानकारी दिइएको छ । शनिवार आयोजित पत्रकार सम्मेलनमा मानव सेवा आश्रमका केन्द्रीय तथा संस्थापक अध्यक्ष रामजी अधिकारीले जसको कोही छैनन् जसका केही छैनन् उनैको सेवामा समर्पित मानवसेवा आश्रम सबैको साझा मानवताको मन्दिर भएकाले मानविय स्मारक ९भवन० निर्माणमा सबैले सकेको योगदान गर्ने अवशरका रुपमा महायज्ञलाई लिनुपर्ने बताए ।
पत्रकार सम्मेलनमा हरिवन नगरपालिकाका नगरप्रमुख कमल बुढाथोकीले ज्येष्ठ नागरिकहरू ज्ञानका खानी भएको भन्दै यस्ता व्यक्तिहरूको संरक्षणका लागि स्थानीयदेखि तीनै तहका सरकारको पहल आवश्यक रहेको बताए। मेयर बुढाथोकीले हरेक पालिका र वडाले मानव सेवा आश्रमको भवन निर्माणमा आर्थिक योगदान दिनुपर्ने बताए ।
उनले हरिवन नगरपालिकाले सहयोगापेक्षी सडक आश्रितमानव मुक्त नगरपालिका घोषणा तयारी गरिसकेको र मानव सेवा आश्रमको सहकार्यमा अबका दिनमा सर्लाही जिल्लालाई नै सहयोगापेक्षी सडक आश्रितमानव मुक्त घोषणा गर्नुपर्ने आवश्यकता औँल्याए ।
हरेक पालिका र पालिकाका वडाहरुले एक एक कोठा निर्माणमा योगदान भएमा मानवसेवा आश्रमको मानवताको मन्दिर ९भवन० निर्माण सम्पन्न गर्न कठिन नहुने धारणा राखे । उनले महायज्ञ सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए । त्यस्तै उपमेयर हरिमाया घलानले नगरपालिका मानवसेवा आश्रमको साथमा रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरले आश्रमको यो पुण्य कार्यमा प्रचार प्रसारमा पूर्ण रुपमा योगदान गर्न आफुहरु मानवसेवा आश्रमको साथमा रहेको बताए । पत्रकार सम्मेलनमा मानव सेवा आश्रम हरिवन–९ मा निर्माण गर्न लागिएको भवनको लागत करिब ११ करोड रुपैयाँ लागत लाग्ने बताइएको छ । महायज्ञ मूल आयोजक समितिका संयोजक माधवकुमार थापाका अनुसार महायज्ञमा हरेक मानवतावादी मनहरुबाट हुने नगद र जिन्सी दुबै सहयोग स्विकार गरिने छ ।
आश्रमको भवन निर्माणपछि सहयोगापेक्षी सडक आश्रित मानवहरुका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको प्रवन्धका लागि सहज हुने जनाइएको छ । आश्रय प्रदान गर्ने आशा गरिएको छ ।मानवसेवा आश्रमले मधेश प्रदेशमा मात्रै हालसम्म ७१५ जना सडकआश्रित मानवहरुको उद्धार गरिसकेको छ भने ४०१ जनाको सुखद पा
ती मध्य सर्लाही जिल्लाको हरिवनमा रहेको आश्रमले २९९ सडक आश्रित मानवहरुको उद्धार गरिसकेको छ । २२९ जनाको सुखद पारिवारिक पुनर्मिलन गराइसकेको छ । हाल ६० जना हरिवन आश्रममा आश्रित छन् । मानवसेवा आश्रमको भवन निर्माण सम्पन्नपछि १५० जना सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई सेवा प्रदान गर्न सक्ने क्षमता राख्ने मानवसेवा आश्रमले जनाएको छ ।
मानव सेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ ।
आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी ९बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर० सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ ।
घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला र विदेशमा बेलायत, कतार, अस्ट्रेलियामा सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरिएकाे छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।