
ललितपुर।
स्वास्थ्य सेवालाई सबैको पहुँच योग्य बनाउने र आर्थिकस्तर कमजोर भएका मानिसहरुलाई लक्षित गरी ललितपुरको सुरश्चन्द्र महाविहार न्हायंकबहीमा शनिबार बृहत स्वास्थ्य शिविरको आयोजना गरियो।
ललितपुर महानगरपालिका– १६ स्वास्थ्य कार्यान्वयन समितिको आयोजना र ललितपुर महानगरपालिका जनस्वास्थ्य शाखा, सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लिको सहकार्यमा सो शिविर आयोजना गरिएको हो। शिविरमा ९५ जनाको मृगौला जाँच तथा मुटु रोग सम्बन्धी परीक्षण गरिएको थियो।
सोही अवसरमा पिशाब, इसीजी, लिपिड प्रोफाईलको निशुल्क परीक्षण गरिएको थियो।
डा। नग्मा श्रेष्ठ, डा लुसन सिंहको टोलीसहित समितिका स्वास्थ्य स्वयसेवक सेविकाहरु परिचालन गरिएको थियो। स्वास्थ्य शिविरमा वडाका जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेवीहरु खटिएका थिए।
वडाअध्यक्ष निर्मलरत्न शाक्यका अनुसार शिविरबाट स्वास्थ्य परीक्षणमा सहभागीहरुलाई आफ्नो स्वास्थ्यको बारे जानकारी दिनुका साथै त्यसको उपचार बारे पनि परामर्श दिइएको थियो। यस किसिमको शिविरले सहभागीहरुलाई नियमित स्वास्थ्य जाँच गर्न पनि सल्लाह दिइएको थियो। स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य शिविरलाई प्राथमिकता दिदै आएको पनि वडाअध्यक्ष शाक्यको भनाई रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।