१८ असोज , काठमाडौँ – बसन्तपुरस्थित कुुमारीबाट हालै अवकाश प्राप्त मतिना शाक्यले भेटिवापत ५० लाख रुपियाँ हाराहारीमा आम्दानी गर्नुभएको छ । २०६४ सालमा कुमारीमा नियुक्त हुनुभएकी शाक्यको यो ब्यक्तिगत आम्दानी हो ।
कुमारीका लागि महनगरपालिका, निवृत्तीभरण व्यवस्थापन कार्यालय, गुठी संस्थान, विभिन्न वाणिज्य बैंङ्क तथा संङ्घ संस्था र सर्वसाधारणबाट भेटी प्रदान गर्ने गर्छन् । यसरी प्रदान गर्ने भेटी अहिले बैंक खातामा राख्ने व्यवस्था लागु गरिएको छ ।
यो खबर आजको गोरखापत्र दैनिकमा छ ।