
काठमाडौं ।
संघीय संसद सचिवालयले दुई जना युट्युबरको संसद प्रवेश पास निलम्बन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका सांसदहरूलाई गलत शब्द प्रयोग गरेको भनेर उनीहरूले प्राप्त गरेका संसद प्रवेश पास निलम्बन गरेको हो ।
केहि दिन अघि प्रधानमन्त्री ओलीलाई ‘हिटलर’ भन्दै प्रश्न सोधेपछि संसद सचिवालयले यस्तो कारवाही गरेको बुझिएको छ ।
संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।