
लमजुङ ।
अखिल नेपाल महिला संघ जिल्ला कमिटिद्धारा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न प्रतियोगितामा क्व्होलासोथार गाँउकमिटि प्रथम भएकोे छ । महिला हिंसा अन्त्यका लागि घरमा सदस्य टोलटोलमा संगठन हाम्रो अभियान भन्ने नाराका साथ नेकपा एमाले पार्टी कार्यालयको भवनमा प्रतियोगिताता भएको हो ।
प्रतियोगितामा जिल्लाका पाँच पालिकाबाट पाँच टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा दोर्दी नगरकमिटि द्धितीय र बेसीशहर नगरकमिटि तृतिय भएको छ । सुन्दरबजार र मर्स्याङदीको टिम सान्त्वना भएको छ । प्रतियोगितामा प्रथमलाई पाँच हजार, द्धितियलाई तिन हजार, तृतियलाई दुई हजार र सान्त्वना भएका दुई टिमलाई नगद एक एक हजार सहित प्रमाण पत्र पुरस्कार दिइएको अनेम संघ लमजुङका अध्यक्ष पवित्र थापा राना मगरले बताउनु भएको ।
विभिन्न अतिरिक्त क्रियाकलापमा महिलाहरुलाई सहभागि गराई समुदायमा लैङ्गिक समानताको सन्देश दिने र सामुदायमा हुने विभिन्न क्रियाकलापहरुमा महिलाहरुको सहभागीतामा वृद्धि गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरीएको अनेम संघ लमजुङका उपाध्यक्ष बुनकुमारी रिमालले बताउनु भयो ।
कार्यक्रम अनेमा संघ जिल्ला कमिटिका अध्यक्ष पवित्र थापा रानाको अध्यक्षता एवं अनेम संघ केन्दिय स्थायी कमिटि सदस्य लक्ष्मी देवि अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमाको संचालन सचिव विमाला पौडेलले गर्नुभएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।