
रौतहट ।
रौतहटको गरुडा नगरपालिकामा खोलिएका अस्पतालहरु अबैध रहेको पाइएको छ ।
भौतिक पुर्बाधार, मापदण्ड र दर्ता बिनानै बर्षौ देखि संचालनमा आएका गरुडा नगरपालिकाको दश वटा अस्पताल बन्द भएको छ ।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमन टोलिले छडके चेकजाँच गर्दा गरुडा नगरपालिका क्षेत्र भित्र संचालनमा रहेका आन्नद अस्पताल तथा अकुपञ्चर सेन्टर प्रालि, गरुडा सिटी अस्पताल प्रालि, अनामिका अस्पताल प्रालि, नेत्र ज्योति आइ अस्पताल, गौर आँखा अस्पताल, गरुडा अस्पताल, रोम अस्पताल प्रालि, होप अस्पताल प्रालि, सनसिटी अस्पताल र सरस्वती अस्पताल प्रालि मापदण्ड र दर्ता बिनिानै संचालनमा रहेको पाइएपछि दर्ता नगरुञ्जेल सम्मका लागि बन्द गर्न लिखित निर्देशन दिइएको जनस्वस्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।
उनले भने अनुगमन गरेका सबै अस्पताल अवैध रहेको छ । नगरपालिका बाट १५ शैया अस्पतालको अनुमति दिने प्राबधान बिपरित गरुडा नगारपालिका शिवनगरमा रहेको आन्नद अस्पताल तथा अकुपञ्चर सेन्टर प्रालिले गरुडा नगरपालिकाबाट २५ शययाको अनुमति लिएर ५० शय्या सञ्चालन गरेको पाइएको छ ।
गत शनिबार पनि मुख्यमन्त्रीसहितको अनुगमन टोलीले चन्द्रनिगाहपुरको ११ वटा अस्पतालको अनुगमन गर्नेक्रममा १० वटा अस्पतालले अनुमति नलिएको भेटिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।