
जनकपुरधाम ।
मधेश सरकारको गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ ।
यादवकाे अचानक पेट र छाती दुखेका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सिरहा नगरपालिका २५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।