
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनीत भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधवार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।
उनले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्य भई कार्य सम्पादन गरिसकेका छन् ।
एक दशक बढी समय देखि महासंघमा योगदान दिएका आचार्य विभिन्न उत्पादनमुलक तथा प्रविधिजन्य औद्योगिक प्रतिष्ठानमा आबद्ध छन् ।
यसअघि महासंघको कोषाध्यक्षमा निरक केसी थिए । उनको १८ महिने कार्यकाल सकिएपछि महासंघमा कोषाध्यक्ष पद रिक्त थियो । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्ने छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।