
बाजुरा।
बाजुराको त्रिवेणी नगरपालिका वडा नं ९ स्थित बडीमालिका मन्दिर पुग्न चार अर्ब बढी रुपैंया खर्च गरी केबुल कार निर्माण गर्न लागेको समाचार अफावा मात्र भएको जनाएको छ । विहीबार दिउँसो त्रिवेणी नगरपािलकाले एक पत्रमार्फत ध्यानाकर्षण गराएको छ । उक्त समाचार झुटो भएको र यस्ता अफावाका पछाडी नलाग्न सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ । बडीमालिका केबलकार निर्माण हुने भन्दै अफवाह फैलाउन समाचार सम्प्रेषण गरी जनतामा भ्रम सिर्जना गरिएको उक्त विज्ञप्तिमा उल्लेख छ । बिहीबार दिउँसो त्रिवेणी नगरपालिकाले ध्यानाकर्षण पत्र सामाजिक सञ्जालमा पोस्ट गर्दै एउटा अनलाइनले पोस्ट गरेको बडीमालिका केबलकार निर्माण हुने भन्ने भ्रामक समाचारको खण्डन गरेको छ ।
त्रिवेणी नगरपािलकाका नगरप्रमुख कर्णबहादुर थापालेद्वारा हस्ताक्षरित उक्त ध्यानाकर्षण पत्रमा उल्लेख भए अनुसार यही चैत्र छ गते बिजनेस न्यूज डटकम नामक एक अनलाइनमा सुदूरपश्चिमकै आकर्षक गन्तव्य बडीमालिका पुग्न १२ किलोमिटर लामो केबलकार निर्माण शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त समाचार अनुसार ४ अर्ब ३० करोड ४६ लाख ७० हजार लगानीमा बडीमालिका मन्दिरलाई लक्षित गरी निर्माण गर्न केबलकार निर्माण व्यवसायी अरुण कुमार सुवेदीको नामै किटान गरी निजले बडीमालिका प्रा.ली समेत दर्ता गरिसकेको भन्ने आपत्तीजनक लेखप्रति पालिका आश्चार्यचकित भएको उल्लेख गरेको छ ।
नेपालको संविधान २०७२को अनुसूची आठको स्थानीय तहको एकल अधिकार सूची अन्तर्गत २१ र २२ अनुसूची ९ अन्तरगत संघ प्रदेश र स्थानीय तहको साझा अधिकार सूची ६,७ १२ र १४ का क्षेत्रहरु बडिमालिकाको समग्र विकासका योजना लगानी संरक्षण र कानुनी अधिकारको विषय पर्ने भएकोले नेपालको संविधान २०७२को धारा २२६ अन्तरगत रही नगर सभाले यसक्षेत्रको लगानी र विकासका लागि ठोस कानुन बनाउन सक्ने समेत सम्बैधानिक अधिकार नगरपालिकालाई भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
स्थानीय तहलाई बेवास्ता गरी हाल केवलकारको संरचना निर्माण गर्न प्रा.लि नै दर्ता गरिएको, लगानी समेतको योजना देखाइएको, स्थानीय तहसँग कुनै सम्र्पक, सल्लाह र सहमतिविना, कानुनी आधार र प्रमाण प्रस्तुत नगरी अपरिपक्क समाचार सम्प्रेषण गरी जनतामा भ्रम सिर्जना गर्ने काम भएको नगर प्रमुख थापाले बताए । कुनै सरकार, संस्था वा व्यक्तिसमेतले यस्तो गैरजिम्मेवार तवरले कुत्सित मनसाय लिई कार्य गर्न पहलकदमी लिएको हो भने यो धार्मिक सम्पदामाथिको अनधिकृत आक्रमण मानिने पालिकाको निष्कर्ष हो नगर प्रमुख थापाको भनाई छ ।
बडीमालिकाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक तथा विविध पक्षको जानकारी लिई तथ्यका आधारमा समाचार पुनः सम्प्रेषण गर्न पनि नगरपालिकाले निर्देशन गरेको छ ।
बडीमालिकाको विकासविना समग्र नगरको विकासको सपना अधूरो हुने भन्दै यसका लागि सबैको सहकार्य आवश्यक रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । साथै ध्यानाकर्षण पत्रमार्फत नगरपालिकाले बडीमालिका बृहत् पर्यटकीय गुरुयोजना निर्माणमा थप सहयोग र सुझाव प्रस्तुत गर्न सबै सरोकारवाला पक्षलाई समेत आव्हान गरेको छ ।
केबलकार बनाउनु भनेको बाजुरा र त्रिवेणी नगरपालिकामा अवस्थित बडीमालिकाको अस्तित्व र दैवी शक्तिमाथिको प्रहार हो। जोसुकैले कुरा उठाएको भएपनि तत्काल यो रोकी सक्नेहरूले हजारौँ संख्यामा स्वरोजगार सिर्जना हुने ठाउँठाउँमा रिसोर्टहरु निर्माण गरौँ ।पदमार्ग पदयात्रीहरूका लागि निर्माण गरौँ बेकारको फण्डा राम्रो हुँदैन । बरु सक्नेले मानव विकास सूचाकाङ्कको पुछारैमा अड्किएको बाजुरालाई माथि उकास्ने प्रयत्न गरौँ। यसैमा मात्रा बढीमालिकाले भलो गर्नेछन् बढी मालिकामा केबलकार बनाउने शोक भन्दा वर्षको एकचोटि लाग्ने मेलामा पानी पिलाउने बन्दोबस्त गरौँ।त्रिवेणी नगरपािलकाका नगरप्रमुख थापाका स्वकीय सचिव खेमराज गिरीको भनाई छ । विज्नेस न्युजले अफाव फैलाउनर्कै लागि समाचारमाथि व्यापार गरेको आरोप नेपाली कांग्रेस त्रिवेणी नगरपालिकाका नगर सभापति सुरेन्द्र गिरी लगायत स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।