
काठमाडौँ।
प्रेस चौतारी नेपालले पत्रकारको सुरक्षा र निर्बाध रूपमा समाचार सङ्कलनको वातावरण बनाउन सरोकारवालासँग माग गरेको छ ।प्रेस चौतारी नेपालले शुक्रबार एक विज्ञप्ति जारी गरी अराजक गतिविधि तत्काल नियन्त्रण गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।
‘जनताको बलिदानी, कष्टसाध्य संघर्ष र त्यागबाट प्राप्त नेपालको लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्दै भइरहेका यस्ता अराजक गतिविधिलाई तत्काल निस्तेज गर्न प्रेस चौतारी नेपाल सरकारसँग जोडदार माग गर्दछ, साथै संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको सम्मान गर्दै पत्रकारहरूको सुरक्षाको प्रत्याभूति दिलाउन तथा निर्बाध रूपमा समाचार सङ्कलन, सम्प्रेषण, प्रकाशन र प्रसारणमा अवरोध सिर्जना नगर्न सम्बन्धित पक्षहरूलाई हामी अपिल पनि गर्दछौँ’, संगठनका महासचिव हीरामान लामाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।