
मेष: दिन शुभ फलदायक देखिँदैन । नोक्सानी, चोटपटक, विवाद, असफलता हुन सक्छ ।
वृष: थोरै प्रयासबाट पनि द्रव्य लाभ, विविध प्राप्ति, उत्तम भोजन, पारिवारिक सुख होला ।
मिथुन: शुभ समयको आगमनले सुख–सन्तोष, कार्य सफल, शारीरिक स्वस्थता होला ।
कर्कट: राज्य सञ्चालकबाट डर, इज्जत–प्रतिष्ठामा धक्का लाग्ने हुँदा सजग रहनुहोला ।
सिंह: दिन त्यति राम्रो देखिँदैन । रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा हुन सक्छ ।
कन्या: शुभ समयको आगमनले धन आर्जन, अधुरा कार्य पूरा, समस्या समाधान हुने देखिन्छ ।
तुला: समय बलवान् छ । द्रव्य लाभ, शत्रु विजय, पढाइमा तेज, गौरवको अनुभूति हुन सक्छ ।
वृश्चिक: सजगता अपनाउनुहोला । वायुजन्य रोगको भय, कार्य अधुरो, शोक–सन्ताप हुने देखिन्छ ।
धनु: लामो यात्रामा नजानु नै उत्तम हुन्छ । पेट गडबड, दौडधूप, विवाद नहोला भन्न सकिन्न ।
मकर: शुभ समयको आगमन भएको छ । लाभ, सम्मान, जागिर–व्यापारमा सफलता होला ।
कुम्भ: समय अनुकूल नहुँदा धन नाश, मानसिक चञ्चलता, खर्च, आँखामा समस्या आउन सक्छ ।
मीन: समय उपयुक्त छ । खाद्यान्न, उपहारादि वस्तु प्राप्ति, भाग्योदय, कार्य सफल हुने देखिन्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।