
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपियाँ जरिवाना तिराउने भएको छ ।
मेयर बालेन्द्र शाह (बालेन) शुक्रवार पूर्व राजाको समर्थनमा निस्किएकाहरूले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने–कोटेश्वर क्षेत्रमा आतंक मच्चाएर विभिन्न क्षति पु¥याएपछि महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले क्षतिपूर्तिस्वरूप पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रुपियाँ जरिवानाको पत्र काट्नुभएको हो ।
उहाँको समर्थनमा उहाँकै निर्देशनमा भएको प्रदर्शनले महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड र फोहोरमैला गरेको भन्दै महानगरले जरिवाना तिराउने निर्णय गरेको जरिवाना काटिएको पत्रमा उल्लेख गरिएको छ ।
राजावादीहरूले विभिन्न स्थानमा लगाएको आगो निभाउन पुगेको महानगरको दमकलमा समेत तोडफोड गरेका थिए । यस्तै, आइल्यान्ड र रेलिङहरूमा समेत तोडफोड गरेका थिए ।
समग्र क्षतिको मूल्यांकन सरकारको छानबिन समितिले गर्ने भए पनि महानगरले आफ्नो क्षेत्राधिकारभित्रको काम गर्दै जरिवाना गराएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ । यसअघि मेयर बालेनले फागुन २५ गते ज्ञानेन्द्रको स्वागतमा सिनामंगल–गौशाला क्षेत्रमा फोहोर गरेको भन्दै राप्रपालाई एक लाख रुपियाँ जरिवाना गराएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।