
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिनुभएको छ ।
बरालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा–पत्र बुझाउनुभएको उहाँ निकट स्रोतले जानकारी दिएको छ ।
बराल गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त हुनुभएको थियो ।
उहाँलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा नियुक्त गर्नुभएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।