
मकवानपुर।
ईन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीस्थित कुलेखानी खोला नजिकै पानी जमेको दहमा डुबेर ३ जनाको सोमबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने सुन्दर आचार्यको छोरा १५ वर्षीय सुशान्त आचार्य, काभ्रे नमोबुद्ध नगरपालिका-१० फुलबारी दाप्चा घर भएका उमेश घोरासैनीको छोरा १४ वर्षीय प्रवेश घोरासैनी र उनकै भाई ११ वर्षीय प्रभात घोरासैनी रहेका छन् ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनीहरूको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।