
भैरहवा।
राप्रपाका सांसद दीपक बोहोराको शव भैरहवा पुगेको छ।
भैरहवास्थित उनको निवासमा अन्तिम श्रद्धाञ्जलीको काम भइरहेको छ । उनको आज बिहान ओम अस्पताल, काठमाडौंमा निधन भएको थियो ।
उनको शव हेलिकोप्टरमा गृह नगर भैरहवा लगिएको हो, उनको शव आजै काठमाडौं फर्काइने जनाइएको छ।
पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिएर भोली नै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार हुने राप्रपाले जनाएकाे छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।