
रौतहट।
डिभिजन बन कार्यालय रौतहटले वन अतिक्रमण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वृन्दावन नगरपालिका वडा नम्बर ४ हरैया निवासी बिल्टु राय यादव रहेका छन् । डिभिजन बन कार्यालय रौतहट अन्तर्गत वृन्दावन सब डिभिजन बन कार्यालय बल्लरीको गस्ति टोलिले अतिक्रमणको लागि खयरघारी वन फाडी रहेको आरोपमा यादवलाई पक्राउ गरेको हो ।
यादबले बृन्दावन नगरपालिका वडा नम्बर १ स्थित पूर्वमा बागमती नदी, पश्चिममा बागमती नदीको पश्चिम भंगालो, उत्तरमा खयरघारी र दक्षिणमा खयरघारी ऐलानी खेतवारीको चारकिल्ला भित्रको खयरघारी वन क्षेत्रभित्र अन्दाजी ०–५–० कठ्ठा (०.१८ हेक्टर) जग्गामा रहेको झाडी बुट्यान खुकुरीले फाँडी वन अतिक्रमण आरोप रहेको छ ।
बृन्दावन सव–डिभिजन वन कार्यालय, बल्लरी, रौतहटका वन अधिकृत ललन राउत कुर्मीका अनुसार बनक्षेत्र भित्र अतिक्रमण गरेर आफ्नो स्वामित्वमा जमिन ल्याउन लागेको कारण पक्राउ गरिएको बताए । पक्राउ परेका यादवलाई बन अतिक्रमण गरेको आधारमा कानुन बमोजिम कारबाही गरिने बन अधिकृत हेमन्त साहले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।