बाजुरा ।
घरेलु तथा सामाजिक हिंशामा परेका बिरामीका लागि एकद्धार संकट व्यवस्थापन केन्द्र ओसी एमसी सेवा बाजुरामा प्रभावकारी बन्दै गएको छ ।

विशेषगरी महिलाहरु घरेलु तथा सामाजिक हिंशाबाट प्रभावित छन् । उनीहरुको सहज उपचार लगायत कानुन तथा शुरक्षा प्रत्याभुति दिलाउन जिल्ला अस्पता बाजुरामा सञ्चालित ओसि एम सी सेवा पछिल्लो समयमा प्रभावकारी बन्दै गएको छ ।

बाजुराका नौवटै पािलकाबाट हिंशा प्रभावित भई उपभचार गराउन आउनेको संख्या उल्लेखनीय छ वृद्धि भएको ओसिएम्सी केन्द्रका फोकलप्रशन एवम् सहजकर्ता नर्सिङ्ग नीरक्षिक निशा रोकायाले जानकारी दिए ।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।