
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयरदेखि सफाइका कर्मचारीसमेतले तलब पाएका छन् । त्यसमा कर्मचारी, मेयर बालेन्द्र साहका सल्लाहकारसमेत छन् । हिजो सोमबार करिब ३ हजार कर्मचारीले तलब पाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले शुक्रवार करिब १ अर्ब १५ करोड रुपियाँ बराबरको तलब निकासा गर्ने निर्णय भएपछि हिजो सबैको मोबाइलमा तलबको घण्टी बजेको हो ।
५ महिनादेखि अड्किएको तलब पाएका कर्मचारी हिजोबाट मासिक तलब आउनेमा खुसी भएका छन् । प्रशासकीय अधिकृत गुरागाईंले पहिलो कर्तव्य शिक्षकको ५ महिना र अन्यको ३ महिनाको तलब खुवाउने बताउनुभएको थियो । सोही आधारमा सबैको तलब निकासा भएको हो ।
कामपाले हिजो नै बिजुली र इन्टरनेटलगायत मासिक भुक्तानी गर्नुपर्ने अन्य सबैको भुक्तानी गरेको छ । उक्त शीर्षकमा करिब ८० करोड रुपियाँ भुक्तानी भएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।