
उदयपुर ।
उदयपुरको कटारी नगरपालिका वडा नं २ मा बन्दै गरेको सिमनपुर र कल्याणपुर जोड्ने अमाहा खोलाको पुलमा बुधबार राती २ बजे आएको बाढीले क्षती पुगेको छ ।
राती २बजे देखि भएको वर्षाको कारण मिर्चैया कटारी सडकको सिमानपुरमा निर्माणाधिन उक्त पुल कटारी नगरपालिका वडा नं २ अमाहा खोलामा आएको बाढीले क्षती गरेको छ । ढलान भईसकेको निर्माणाधिन पक्की पुलको टेकाहरु खोलामा आएको बाढीले बगाई पुलकोबीच भाग भाचिएको छ ।
उक्त वर्षातको कारण आएको बाढीले पुलको सेटिङमा प्रयोग गरिएको टेकाहरु बगाई पुल भाचिदा रु २ करोड बराबरको क्षति भएको छ । मिर्चैया कटारी घुर्मी सडक योजना अन्तर्गत हाल ४ वटा नदीमा पुल निर्माण कार्य भैरहेको र चार बटै पुलको निर्माण सुर्या एण्ड सन्स निर्माण कम्पनिले गरिहेको इन्जिनियर महेश साहले बताए ।
सो सडक योजनाका सूचना अधिकारी विरेन्द्र प्रसाद महतोका अनुसार सिमानपुरस्थित अमाहा खहरे खोलाको पुल बुधबार राती परेको पानीले बाढी आएपछि ढलान गरेको सेटिङको तल जमिनबाट लगाइएको टेकोका काठहरु बगाएपछि पुल भासिन गएको हो ।
सूर्या एन्ड सन्स निर्माण कम्पनिले जम्मा चारबटा पुलको निर्माण सम्झौता २८ करोड ९९ लाख ५२ हजारमा गरेको र २०८२ असोज २९ गते सम्ममा निर्माणको सम्पूर्ण काम सकेर सडक विभागलाई जिम्मा लगाउनु पर्ने सूचना अधिकारी महतोले बताए ।
सूचना अधिकारी महतोका अनुसार अब बाढीका कारण निर्माण कार्य गर्दा गर्दैका अवस्थामा बिच भागमा बाङ्गिएको पुललाई पुरै भत्काएर निर्माण गर्नु पर्ने हुन्छ । निर्माण कम्पनिले विमा दावी गरेर भत्किन लागेको पुललाई पुरै भत्काएर बनाउनु पर्ने सूचना अधिकारी इन्जिनियर साहले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।