
काठमाडौँ।
गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिले आफ्नो पाँचौ बार्षिक उत्सव एवम् नयाँ वर्ष– २०८२ को पूर्व सन्ध्यामा शनिवार साँझ काठमाडौँमा शैलुङ सांस्कृतिक उत्सव– २०८१ सम्पन्न गरेको छ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समाजसेवी शोभित उप्रेतीले लोक गायक बमबहादुर कार्कीलाई च्छो– रोल्पा लोक शिखरबाट अभिनन्दन गरेका थिए।
त्यसैगरी च्छो– रोल्पा पत्रकारिता सम्मान– २०८१ बाट पत्रकार अर्जुनराज भण्डारी, च्छो– रोल्पा राष्ट्रसेवक सम्मान– २०८१ बाट सशस्त्र प्रहरी महानिरीक्षक शुकदेव खनाल, च्छो– रोल्पा स्वास्थ्य सेवा सम्मान– २०८१ बाट डा. नतलिया ओली र च्छो– रोल्पा गायक साधना सम्मान– २०८१ बाट लोक गायक वैकुण्ठ महतलाई सम्मान गरिएको गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिका अध्यक्ष प्रविण प्रसाद थपलियाले बताए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै समाजसेवी शोभित उप्रेतीले पत्रकार, गायक, संगितकार, राष्ट्रसेवक लगायत बिभिन्न क्षेत्रका मानिसलाई सम्मान गरेर गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिले सकारात्मक अभियानलाई निरन्तरता दिईरहेको बताए । उनले आयोजकले दोलखाका शैलुङ लगायतका पर्यटकीय ठाँउहरुको प्रचार गरेको भन्दै प्रशंसा समेत गरे ।
पाँचौ बार्षिक उत्सवको अवसरमा नेपाल पत्रकार महासंघको केन्द्रीय सचिवमा निर्वाचित पत्रकार रमेश खतिवडा र प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षमा निर्वाचित पत्रकार लक्ष्मण खड्कालाई गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिले सम्मान गरेको थियो भने साङ्गितिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।