
वीरगन्ज।
वीरगन्जमा हनुमान जयन्तीको शोभा यात्राका क्रममा उत्पन्न भएको विवादलाई साम्य पार्न आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे महत्वपूर्ण सहमति जुटाएको छ। दिनभरको सकारात्मक छलफलपछि भएको यो सहमतिले वीरगन्जमा देखिएको तनावलाई शान्तिमा परिणत गर्ने बलियो आधार खडा गरेको छ।बैठकमा प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूले सहभागी भई दोषीमाथि कारबाही, घाइतेको उपचार, धार्मिक सद्भाव कायम राख्ने, हतियार प्रदर्शन निषेध गर्ने र धार्मिक संस्थाहरूको अनुगमन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरूमा सहमति जनाएका छन्
। बैठकले दोषीमाथि कारबाहीः हनुमान जयन्तीका दिन (चैत ३० गते) शोभायात्रामा भएको अप्रिय घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानुनी प्रक्रिया अनुसार आवश्यक कारबाही गरिने,. सद्भाव र सहिष्णुता कायमः सबै पक्षले आपसी धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएका छन्। साथै, अनुसन्धान तथा कानुनी प्रक्रियामा पूर्ण सहयोग पु¥याइने,घाइतेको उपचार र क्षतिपूर्तिः घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गरिनेछ। साथै, घटनाबाट भएको क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गरिने,.हतियार प्रदर्शन निषेधः धार्मिक, सांस्कृतिक र जातीय कार्यक्रममा हतियार प्रदर्शन पूर्णतः निषेध गरिएको छ।
यस्ता कार्य भएमा दोषीलाई कानुनी दायरामा ल्याइने र धार्मिक संस्थाको अनुगमनः पर्सा जिल्लामा क्रियाशील सबै धार्मिक संस्था तथा तिनीहरूले सञ्चालन गरेका विद्यालय, मदरसा आदिको सूक्ष्म अनुगमन गरिनेछ। अनियमितता भेटिएमा आवश्यक कारबाही गरिने सहमति भएको छ । यस सहमतिलाई स्थानीयवासी र सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन् र वीरगन्जमा शान्ति तथा सद्भावको वातावरण निर्माण गर्न सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।यद्यपी कफ्यूभने आइतबार राति १२ बजेसम्म कायम नै रहने भएको छ ।
स्थानीय प्रशासनले शनिबार अपरान्हबाट वीरगन्ज क्षेत्रमा कय्फूलगाएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।