
काठमाडौं ।
जडीबुटीको टाउनप्लानिङबाट ६० लाख रुपियाँ लुटिएको घटनामा संलग्न रहेका १८ जनालाई प्रहरीले म्याद थप गरी अनुसन्धान शुरू गरेको छ ।
काठमाडौं जिल्ला अदालतबाट १८ जनाविरुद्ध ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । जग्गा बैना गर्न भनेर बोलाएर बौद्धका रितेश लामाको ६० लाख लुटिएको घटनामा संलग्न रहेकाहरूलाई खोजतलास गर्ने क्रममा उनीहरू पक्राउ परेका थिए ।
प्रहरीले राज पराजुली, प्रभास केसी भन्ने हरिराम खत्री, राजेश भण्डारी, सार्की माझी, उत्तम मगर, राजु मगर, टिकाबहादुर मगर, रमेशबहादुर मगर, लबबहादुर मगर, रूपक थापा मगर, सागर मगरलाई पक्राउ गरी कारबाही अघि बढाएको हो ।
त्यसै गरी सुयोज लामा, कुशल बस्नेत, रन्जित लामा, दावा लामा, बाबु तामाङ, सुजन लामा र रिबेलकुमार तामाङलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले उनीहरूबाट लुटिएको ३० लाख र २ थान स्कुटर र १ थान मोटरसाइकल बरामद भएको जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।