काठमाडौँ।
त्रिभुवन विश्वविद्यालयमा आजदेखि ‘ट्रान्सक्रिप्ट’ र ‘प्रोभिजनल सर्टिफिकेट’को लागि अनलाइन फारामको व्यवस्था गरिदैंछ।
बिहान ११ बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनका लागि अनलाइन सेवा सञ्चालन हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन हुने पनि उनले बताए।
त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले प्रदान गर्ने सेवाका लागि सेवाग्राहीले कार्यालयमै धाउनुपर्ने अवस्था कम गर्न गत वर्ष नै अनलाइन सेवा ल्याएकको थियो। ‘वेबसाइट ह्याक’ भएपछि सेवा अवरुद्ध थियो।
त्रिविले यसअघि सम्बन्धित क्याम्पसबाट मार्कसिट प्रिन्ट गर्ने व्यवस्था गरिसकेको छ । गत भदौबाट सबै क्षेत्रीय कार्यालयबाट उत्तरपुस्तिका परीक्षणको कामसमेत शुरु भइसकेको छ।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।