
धादिङ।
नेत्रावती डबजाेङ गाउँ पालिका -४ स्थित कुण्डलादेवी माविका शिक्षकले एसईई दिएकी विद्यार्थीलाई बाल याैनदुरपयाेग आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
३४ वर्षीय शिक्षक शेरबहादुर बुढाले १५ वर्षीया एक विद्यार्थीलाई एई परीक्षापछि ०८१ चैत ९ गते नेत्रावती डबजाेङ गाउँपालिका-५ काेठामा बसेकाे घरमा बाल यौन दुरुपयाेग गरेकाेले कारबाहीकाे माग गर्दै चैत २९ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिईएकाे थियाे ।
पीडित पक्षकाे उजुरीपछि चैत २९ गते बालिकाको स्वास्थ्य परीक्षण धादिङ अस्पतालमा भयो ।
आरोपित विरुद्ध चैत २९ गते उजुरी दर्ता भयो । फरार आरोपितलाई पक्राउपछि जिल्ला अदालतको आदेशले हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिनुभयो ।
आफ्नो विद्यार्थीलाई आफू सुतेकै ठाउँमा सुताएर यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।