
नवलपरासी।
पूर्वी नवलपरासीमा मंगलबार दिउँसाे नदीमा डुबेर बेपत्ता २ किशोर मध्ये १ को शव लेला परेको छ ।
प्रहरीका अनुसार नदीमा डुबेर बेपत्ता मध्यविन्दु नगरपालिका १२ ज्वाईथरका १२ वर्षीय प्रज्वल पाैडेलकाे शव फेला परेको हाे ।
अर्का किशोर १५ वर्षका बिजय पाैडेलकाे स्थानीय, जनप्रतिनिधि, प्रहरी र सेनाकाे टाेली द्वारा खोजी कार्य भई रहेको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ मधु नेपालले बताए ।
बेपत्ता किशाेरहरू आफ्ना अन्य ३ जना साथीसहित ड्राई पिकनिकका लागि मध्यविन्दु १५ स्थित उल्टी र नारायणी नदी दाेभान पुगेका थिए ।
बताईए अनुसार २ किशाेरहरू पाैडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भए पनि साझ अवेरमात्र घटनाबारे स्थानीयले थाहा पाएका थिए ।
प्रहरीका अनुसार घटनाबारे थाहा पाए लगतै प्रहरी टाेलीसहित स्थानीय खाेज तलास गरे पनि नदीमा डुबेका किशाेरहरू फेला पार्न सकिएकाे थिएन् ।
पछिल्लो जानकारी अनुसार नदीमा डुबेर बेपत्ता किशाेरहरूकाे खाेजीका क्रममा बुधबार बिहान १ किशोरको शव फेला परेको हाे ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।