
लमजुङ।
डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत भानु नगरपालिका १०, नेपालडाँडामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
काठमाडौंबाट लमजुङ तर्फ आइरहेको बा२ख ४०२२ नम्बरको माइक्रोेले आइतबार दिउसो १२ः१५ बजे बिपरीत दिशाबाट गइरहेको ग२६प ४०५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बेसीशहर ८ बस्ने अन्दाजी ३५ वर्षीय अनिता थापा श्रेष्ठको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्कुटर चालक ४१ वर्षीय सुरेश श्रेष्ठ गम्भीर घाईते भएका छन् । उनलाई उपचारका लागि भरतपुर सिएमसि अस्पताल लगिएको छ ।
सोही दुर्घटनामा माइक्रोमा सवार मनाङ नासों गाउँपालिका ८ धारापानीको मन घलेको मृत्यु भएको छ । स्कुटर चालक र मइक्रोमा सवार १५ जना घाइते भएकोमा तीन जना चितवन रिफर गरिएको छ भने अन्यका लमजुङ र तनहुँमा उपाचार भइरहेको छ ।
माइक्रो चालक मानबहादुर घले तनहुँ स्थित प्रहरी चौकी पार्कोटको नियन्त्रणमा रहेको लमजुङका प्रहरी नायब उपरीक्षक रमेश बोहराले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।