बुटवल।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर भित्र सञ्चालित हरेक प्रकारका विद्यालयलाई कडा निर्देशन जारी गरेको छ ।
नगर प्रमुख रामकृष्ण खाम्नद्वारा हस्ताक्षरित निर्देशनमा शिक्षा ऐन २०७५ को दफा २७ ले गरेको अनिवार्य रुपमा दिनुपर्ने छात्रवृतिको व्यवस्थालाई कडाईका साथ लागू गर्न निर्देशन गरिएको छ । जस अनुसार ५ सय जनाासम्म विद्यार्थी भएका विद्यालयले १० प्रतिशत, ८ सय सम्म विद्यार्थी भएका विद्यालयले १२ प्रतिशत र ८ सय भन्दा बढी विद्यार्थी भएका विद्यालयले १५ प्रतिशत विद्यार्थीलाई अनिवार्य रुपमा छात्रवृति प्रदान गर्न निर्देशन गरेको छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्धता गराउनु पनि निर्देशन गरिएको छ ।
सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थी र निजका अभिभावकसँग कुनैपनि शिर्षकमा शुल्क नलिन भनी कडा निर्देशन गरिएको छ । संस्थागत विद्यालयले शुल्क निधारण समितिले तय गरेको शुल्क लागु गर्न सुझाएको छ । त्यस्तै पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठयपुस्तक र पाठ्यसामाग्री मात्र प्रयोग गर्ने ,स्थानिय विषयको हाम्रो तिलोत्तमा कार्यान्वयन नगरेको पाइएमा त्यस्ता विद्यालयलाई कानुनी कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
त्यस्तै विद्यार्थीहरुलाई पुस्तक ,पोसाक झोला लगायतका सामाग्री निश्चित पसलमा खरिगर्न लगाएको गुनासो आएकोले त्यस्ता कार्य अनिवार्य बन्द गरी खुल्ला बजारबाट प्रतिस्पर्धाका आधारमा खरिद गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।
त्यस्तै विद्यालयको दिवाखाजा मेनु अनुसार स्थानीय उत्पादनमा आधारित र विद्यालयमै बनाएर खुवाउने व्यवस्थ गर्न भनिएको छ । त्यस्तै सबैवालवालिका विद्यालय बाहिर नरहेको सुनिश्चितता गर्न भर्ना अभियान संचालन गर्न र सबै वालवालिकाहरुलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन गरिएको नगर प्रमुख खाँणले बताए ।




यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।