
डोटी ।
डोटीमा आज बुधबार मिनीट्रक दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ ।
जिल्लाको जोरायल गाउँपालिका–१ गोल्डेनस्थित भीमदत्त राजमार्गमा मिनीट्रक दुघर्टना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
कैलालीको धनगढीबाट बझाङतर्फ गइरहेको खाद्यान्न र खुद्रा सामग्री बोकेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४२८ नम्बरको मिनीट्रक दुघर्टना हुँदा ट्रक चालक बुंगल नगरपालिका–२ दहबगर बझाङका ३३ वर्षीय अर्जुन धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताउनुभयो ।
उहाँका अनुसार उक्त दुर्घटनामा ट्रकमा सवार अन्य दुई जना यात्रुको पनि घटनास्थलमै मृत्यु भएको छ । मृतकहरुको पहिचान खुल्ल नसकेको प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।