
बारा ।
प्रहरी चौकी पथलैयाबाट प्रहरी निरीक्षक अमृत मैनालीको कमाण्डमा खटिएको टोलीले बारा जिल्लाको पथलैया चोकमा यात्रुबाहक बस बा.प्र.३२५६० बाट करिब ६ किलो अवैध चाँदी बरामद गरेको छ।
साेमबार साँझ ५:३० बजे वीरगंजबाट तुलसीपुर, दाङतर्फ गइरहेको उक्त बस चेकजाँचका क्रममा रोकी जाँच गर्दा, बसको क्याबिन भित्र सिटमुनि लुकाइएको अवस्थामा टेपले बेरेको कार्टुन फेला परेको थियो।
उक्त कार्टुन खोली हेर्दा चाँदी जस्तो देखिने रेडिमेड गरगहना भेटिएको प्रहरीले जनाएको छ। बरामद चाँदीको तौल करिब ६ किलो ९४ ग्राम रहेको छ र अनुमानित मूल्य करीब १० लाख ८० हजार रुपैयाँ रहेको बताइएको छ।
गहना वरामद गरी आवश्यक कानुनी कारवाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।