
धरान ।
कोशी प्रदेश गल्फ संघको आयोजनामा र धरान गल्फ क्लबको ब्यवस्थापनमा भोलि शनिबार कोशी प्रदेश ओपन गल्फ प्रतियोगिता सुरु हुँदै छ।
एमेच्योर गल्फ प्रतिस्पर्धामा पोखरा, आर्मी गल्फ क्लब काठमाडौँका गल्फर,घरेलु धरानका गल्फरहरुले प्रतियोगितामा सहभागिता जनाएका छन्।
महिला तर्फ ७ जना ,जुनियर तर्फ यु १६ मा ९ जना र पुरुष एमेच्योर ७१ जना गल्फरले प्रतिस्पर्धा गर्ने क्लबका सचिव देवराज भुताङ राईले जानकारी दिनुभयो। उहाँका अनुुसार पोखराबाट ८ जना, आर्मी गल्फ क्लबबाट १जना, चितवनबाट १जना, घरेलु ६१ जना गल्फरको सहभागिता रहेको छ।
पार ७० को कोर्षमा १८ होलमा प्रतिस्पर्धा गर्ने छन्। सन १९६२ मा स्थापित क्लबको यो दोस्रो संस्करणको प्रतिस्पर्धा हो। प्रतियोगितालाई कोशी प्रदेश खेलकुद परिषदले सहयोग गरेको उहाँले बताउनुभयो। प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले गर्नु हुनेछ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।