
उदयपुर।
जिल्लाको उदयपुरगढी गाउँपालिका, त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको सीमा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलीले बिहीबार राती ९ बजेतिर चेकजाँच गर्ने क्रममा २ नाल भरुवा बन्दुक सहित रौतामाई गाउँपालिका वडा नं. ७ संगमचोक स्थितबाट १ जना मानिसलाई पक्राउ गरेको छ ।
गाईघाटबाट नेपालटारतर्फ जाँदै गरेको प्र ३ —०२—०१३ प ३३८४ नं को मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा लुकाई छिपाई गरी ल्याउदै गरेको एक नाल तयारी लोड अवस्थामा रहेको ,अर्को बट र नाल छुट्टा छुट्टै पूर्ण रुपमा तयारी नभएको अवस्थामा रहेको २ नाल भरुवा बन्दुकसहित उदयपुरगढी गाउँपालिका वडा नं ०७ बस्ने वर्ष २६ को सन्तोष मगरलाई पक्राउ गरेको हो ।
निजलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।