
सर्लाही।
मलंगवा नगरपालिका-६ खुटौनास्थित सडकबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार ४ सय ४० नेपाली रूपैयाँ र २ हजार १ सय ४० भारतीय रूपैयाँसहित भारत सितामढी थाना कुनौली बस्ने ४० वर्षीय शम्भु कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ सिटि २४२२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।