
काठमाडौं।
निर्वाह भत्ता कार्यान्वयनका लागि सरकारलाई एक महिनादेखि दबाब दिँदै आएका चिकित्सकहरूले आइतबार सरकार, निजी मेडिकल कलेज संचालक र चिकित्सकहरुकाबीच वार्ता भई निष्कर्षको नजिकै पुगेको बुझिएको छ ।
आइतवार चिकित्सकहरु माइतीघर मण्डलाबाट बिजुली बजार सम्म बर्षाद् भैरहदा ब्यानरसहित आन्दोलनमा थिए भने नेपाल चिकित्सक संघका अध्यक्ष लगायत नेपाल सरकारका प्रतिनिधि, आन्दोलनरत स्वास्थ्यकर्मीका प्रतिनिधिहरु बर्तामा रहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले जानकारी गराए ।
आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरेले केही स्वास्थ्यकर्मीहरु सरकारसँग वार्तामा बसेको र अन्य स्वास्थ्यकर्मीहरु वार्ता नटुगिएसम्म आन्दोलनलाई निरन्तरता दिईरहने छन् । सरकारले वार्ता टुगो नलगाएसम्म आकस्मिक बाहेकका स्वास्थ्य सेवा प्राय ठप्पै हुन्छन् । सरकारले चिकित्सकलाई समयमै सम्बोधन गरेन भने जनस्वास्थ्य प्रति सरकार स्वयम जबाफदेही हुनुपर्छ डा.कार्कीले भने ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।