
उदयपुर।
उदयपुरको दुर्गम पहाडी क्षेत्रको लिम्चुङ्बुङ गाँउपालिका वडा नं ३ पाप्रे स्थितमा एक घरमा दिउँसोको समयमा आगलागी हुँदा करिब १० लाख बराबरको धनमालको क्षति भएको छ ।
शनिबारका दिन लिम्चुङबुङ गाँउपालिका वडा नं। ३ पाप्रे स्थित सोही स्थान बस्ने बम बहादुर तामाङको ढुङगा, सिमेन्ट र टिनको छानो भएको २ तले घरमा अचानक बिद्युत् सट भई आगलागी हुँदा उक्त घरमा रहेको सुनचाँदी, अन्नपात, लत्ताकपडा, भाडावर्तन र काठपात समेत पूर्णरुपमा जली करिब रु.१०,००,०००।– बराबरको क्षति भएको छ ।
उक्त आगलागी इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा पूर्ण रुपमै नियन्त्रणमा आएको थियो । घरभित्रका सामानहरु अधिकांश जलेर नष्ट भएको र केही सामानहरु मात्र निकाल्न भ्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।