
मुगु।
मुगुमा वन्यजन्तुको मासुसहित तीन जना पक्राउ परेका छन् । मुगुम कर्मारोङ गाउँपालिका– ५ पुल बजारमा वन्यजन्तुको मासु ल्याउँदै गर्दा सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
वन्यजन्तुको चोरी शिकारी गरी लुकिछिपी मासु बाटोमा ल्याउँदै गर्दा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सोरु गाउँपालिका– ७ सीप गाउँका वर्ष ३४ का भुपेन्द्र विष्ट, सोरु गाउँपालिका– ६ जिमा गाउँका वर्ष ३२ का नरसुर बुमी र सोही वडा बस्ने वर्ष ४१ का बमबहादुर कार्की रहेका छन् ।
पक्राउ परेका तीन जनाको साथबाट प्रहरीले वन्यजन्तुको ७ केजी मासुसहित उनीहरुलाई पक्राउ गरी मंगलबार मात्रै डिभिजन वन कार्यालय मुगुमा बुझाएको डिभिजन वनकार्यालय मुगुका सूचना अधिलारी एवं वन अधिकृत बसन्ती बुढाले बताइन् । पक्राउ परेका तीनै जनालाई १२ दिन म्याद थप गरी अनुसन्धान थालिएको छ ।
पक्राउ परेका तीन जनाको साथमा भेटाइएको मासु कुन जनावरको हो पहिचान खुलेको छैन । वन्यजन्तुको मासु पहिचानका लागि विधि विज्ञान प्रयोगशाला खुम्लटार ललितपुर पठाउने तयारी भएको र त्यसपछि मात्रै कुन जनावरको मासु हो पहिचाहन खुल्ने सूचना अधिकारी बुढाको भनाई छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।