
काठमाडौँ।
धादिङ्गको रुवि भ्यालि गाउँपालिका- १ तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालको वीओपी स्थापना भएको छ । गृहमन्त्री रमेश लेखकले शुक्रबार उक्त वीओपीको उद्घाटन गरेका हुन् । धादिङ सदरमुकामबाट ७०।७५ किलोमटर टाढा र २२ सय मिटर उचाईमा रहेको यस विओपी हाललाई सोही गाउँपालिकाले उपलब्ध गराएको भाडाको घरमा संचालित छ।
कार्यक्रममा कृषि तथा पशुपंन्छि विकास मन्त्री रामनाथ अधिकारी,प्रतिनिधि सभा सांसद टेक बहादुर गुरुङ्ग,गृह सचिव गोकर्णमणि दुवाडि, सशस्त्र प्रहरी माहनिरीक्षक राजु अर्याल,रुवीभ्याली गाँउपालिकाका प्रमुख राम सिंह तामाङ्ग,प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी उपरिक्षक दीपेन्द्र शाही, राष्ट्रिय अनुसन्धान उप अनुसन्धान निर्देशक नरेन्द्रराज गिरी लगायत वडा अध्यक्ष तथा स्थानीय वासिन्दाहरुको उपस्थिति रहेको थियो ।
यसअघि उत्तरतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, गोरखाको साम्दो,रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोलामा बिओपी स्थापना भइसकेको छ । योसंगै छिमेकी मुलुक चीनतर्फको सीमानातर्फ ११ र छिमेकिमुलुक भारततर्फको सीमानामा २ सय ४४ गरी जम्मा २ सय ५५ वीओपी स्थापना भएका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।