
काठमाडौँ।
सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सुचना अधिकारिको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीलाई दिईएको छ ।
यसअघि प्रवक्ता तथा सुचना अधिकारी रहेका सशस्त्र प्रहरी नायवमहानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीमा बाहिनिपतिको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीलाई सो जिम्मेवारी दिईएको हो ।
नायव महानिरीक्षक धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपति थिए । उनलाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।