
काठमाडौं ।
भारतीय सेनामा ७ वटा गोर्खा रेजिमेन्ट तथा ३९ वटा बटालियनमा गरी करिब ३२ हजार नेपाली कार्यरत रहेका छन् । त्यसबाहेक अन्य रेजिमेन्टमा पनि छिटफुट नेपाली कार्यरत रहेको छन् । भारतीय सेनामा नेपाली मुलका नेपालीभाषीहरु गरी ४० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको मानिन्छ । भारतको अर्धसैनिक बलसमेत नेपाली रहेको हुँदा ठूलो संख्यामा नेपाली कार्यरत छन् ।
सन् २०४७ अघिदेखि नै भारतका हरेक युद्धमा नेपाली नागरिकले भारतीय सेनाको हैसियतमा अग्रमोर्चामा रहेर युद्धमा सहभागी रहँदै आएका छन् । यसपटक पनि नेपाली नागरिक भारतीय सेनाको हैसियतमा युद्धमा जान तयारी अवस्थामा रहेको भारतस्थित गोर्खा रेजिमेन्टमा कार्यरत नेपालीहरुले बताएका छन् ।
गोर्खा रेजिमेन्टलाई भारतको भरपर्दो सैन्यशक्तिका रुपमा मानिन्छ । नेपाली नागरिकहरु विशेषगरी भारतको स्थल सेनामा बढी संख्यामा रहेको र यसपटक भारत–पाकिस्तानबीच हवाई युद्ध भइरहेको हुँदा नेपाली नागरिकको सहभागिता कम छ । तर, लडाईका बेला सेनाका सबै तहलाई तयारी अवस्थामा राख्निछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।