लमजुङ।
क्व्होलासोथार गाउँपालिका–२ मालिङका ७० वर्षीय हर्क बहादुर गुरुङ घाँटु गीत र नाचमार्फत आफ्नो जातीय संस्कार र संस्कृति जोगाउने प्रयासमा सक्रिय रहँदै आएका छन् ।
गुरुङले ६० वर्षको उमेरदेखि घाँटु गीत गाउन सुरु गरेका हुन् । यो परम्परागत कला उनले आफ्ना बाबा नरबहादुर गुरुङबाट सिकेका हुन् । उनी भन्छन्, “आफ्नो हराउँदै गएको संस्कार जोगाउन घाँटु गाउन थालेको हुँ ।”
घाँटु गीत र नाच (तमु) गुरुङ समुदायको एक मौलिक सांस्कृतिक धरोहर हो, जसले धार्मिक, ऐतिहासिक र सामाजिक पक्षलाई चित्रण गर्छ ।
घाँटु गुरु गुरुङका अनुसार घाँटु नाच दुई प्रकारका हुन्छन् । सती घाँटु र बाह्रमासे घाँटु, सती घाँटु — बुद्ध पूर्णिमाको दिनमा मात्र नाच्ने गरिन्छ । यो घाँटुमा आँखा चिम्लेर नाच्ने गरिन्छ भने उनीहरुमा घाँटु गुरुहरुले गितैगितमा देवि चढाउने गरिन्छ । यसमा सती प्रथालाई आधार बनाएर देवी स्वरुपलाई मारेर पुनः जीवित गराउने कथा समेटिएको हुन्छ ।

बाह्रमासे घाँटु — जुनसुकै समयमा नाँच्न सकिने यो घाँटु लचिलो र नियमित रुपमा प्रस्तुत गरिने घाँटुको स्वरुप हो ।
घाँटु गुरु गुरुङका अनुसार पहिले घाँटु नाच्नु अघि “छिमेक” घरघरमा गाँउका मुख्यमुख्य व्यत्तित्वहरु मिलि ७ देखि १२ बर्ष सम्मका कन्या केटिलाई माग्न जाने परम्परा रहेको छ । यसरी अनुमति लिएपछि मात्रै उनिहरुको सहभागितामा घाँटु प्रस्तुत गरिन्छ ।
हर्क बहादुरसँगै घाँटु गीत र संस्कृतिको संरक्षणमा योगदान गर्ने अन्य गुरुहरुमा टेकजङ गुरुङ र टेकबहादुर गुरुङ पनि रहेका छन् । जसले घाँटु संस्कृतिलाई पुस्तान्तरणमा सघाउँदै आएका छन् । लमजुङमा घाँटु गीत गाउने र नाच्ने परम्परा बर्षोदेखि रहेको यो बर्ष पनि निरन्तरता दिएको गुरु टेक बहादुर गुरुङले बताउनु भयो । उक्त घाँटु नाँच वैशाख २९ गते बाट सुरु भई ३० गते सम्पन्न भएको हो ।
आज पनि यस्ता लोकपरम्परा बोकेका व्यक्तिहरुको सक्रियता लोपोन्मुख संस्कृति जोगाउन महत्वपूर्ण मानिन्छ स्थानीय तह तथा समुदायबाट यस्ता कला र कलाकारहरुलाई संरक्षणको पहल गरिनु आवश्यक देखिन्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।