
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त भएका छन् । नेता मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त भएका हुन ।
न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो ।
उनी गत चैत १५ गते भएको राजावादीहरूको हिंसात्मक प्रदर्शन पछि उनलाई पक्राउ गरिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।